नारायणकाजी श्रेष्ठलाई भेट्न विप्लव पुगे हात्तिवन

बुधबार, फागुन १८, २०७८

काठमाडौं, १७ फागुन : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । 

नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

एमसीसीको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँँग दूरी बढेका बेला श्रेष्ठलाई भेट्न विप्लव पुगेका हुन् ।

एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीच एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको चौैथो दिन भेटवार्ता भएको हो । 
 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १२:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार