सोसल मिडिया
Contact Us
युनिकोड
आदिस अबाबा । अफ्रिकी देशहरु कङ्गो र गुएनामा इबोलाका नयाँ सङ्क्रमित भेटिएका छन् । ती देशमा पछिल्ला केही दिनयता २८ जना व्यक्तिमा इबोलाको सङ्क्रमण भेटिएको हो । अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार इबोलाको संक्रमणबाट ११ जनाको निधन भइसकेको छ । कङ्गोमा ११ जना इबोलाका बिरामी भेटिएका छन् । तीमध्ये चार जनाको निधन भएको छ । त्यसैगरी गुएनामा १७ जनामा इबोलाको सङ्क्रमण भेटिएको थियो । त्यहाँ सात जनाको निधन भइसकेको छ । सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला भाइरसको प्रकोप देखा परेको थियो । इबोला संक्रमणका कारण त्यति बेला कम्तीमा पनि १३ हजार मानिसको ज्यान गएको थियो । अहिले पनि अफ्रिकामा यो भाइरसका सङ्क्रमित भेटिन थालेपछि चिन्ता थपिएको छ ।–सिन्ह्वा