सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले सोही प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् । गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको उद्घाटन गर्न आज यहाँ आएका पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिएका हुन् ।–रासस