सभामुख र पूर्वप्रधानमन्त्रीले लगाए कोभिड खोप

बुधबार, फागुन १९, २०७७

काठमाडौं । सभामुुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाएका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर आज उनले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन् । पूूर्वप्रधानमन्त्रीद्वय पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुुमार नेपालले पनि आजै बिहान उक्त केन्द्रमा पुुगेर खोप लगाए ।  त्यसअघि आजै बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप केन्द्रमा पुगेर त्यहाँको व्यवस्थापनलगायत विषयको जानकारी लिँदै विशिष्ट व्यक्तिलाई स्वागत गरेका थिए । प्रतिनिधिसभाको आगामी आइतबारदेखि शुुरु हुने सातौं अधिवेशनमा सहभागी हुुने मन्त्रिपरिषद्का सदस्य, सांसद, संघीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई खोपको व्यवस्था गरिएको छ ।-रासस

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार