सभापतिका लागि आवश्यक मत नपुगेपछि कांग्रेस कैलालीको पुनः मतदान 

सोमबार, फागुन १६, २०७८

सुदूरपश्चिम, १६ फागुन । नेपाली कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने भएको छ । जारी १४औँ अधिवेशनमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको हो ।  आइतबार सम्पन्न निर्वाचनको आज गरिएको मतगणनामा सभापतिका प्रत्यासी प्रकाश बमले एक हजार १६९, नारायण भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए । दोस्रो चरणमा बम र भट्टबीच प्रतिस्पर्धा हुने छ । सभापतिका लागि पूर्वउपसभापति भट्ट, निवर्तमान उपसभापति बम र कलेलले छुट्टाछुट्टै समूहसहित उम्मेदारी दिएका थिए । ४८ मत बदर भएको थियो ।  सचिव पदमा भने नृपबहादुर सुनार, अमृत बिसी र केशव मिश्रले उम्मेदवारी दिएको छन् । दुई हजार ५७६ मतदाता रहेकामा दुई हजार ४८६ मत खसेको थियो । 
 

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १९:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार