स्थानीय निर्वाचनको घोषणापत्र तयार पार्दै कांग्रेस

चाँडै सार्वजनिक गर्ने तयारीमा रहेकाे कांग्रेस प्रवक्ता डा.महतकाे भनाइ
सोमबार, फागुन १६, २०७८

काठमाडौं, १६ फागुन : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीले स्थानीय तहको निर्वाचनको घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताएका छन् ।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताएका हुन् ।

कांग्रेसले स्थानीय तहको निर्वाचनका लाथि एक महिने संगठन सुदृढीकरण अभियान सुरु गर्ने भएको छ ।

आगामी २० फागुनदेखि २० चैतसम्म स्थानीय निर्वाचनसम्बन्धी अभियान सुरु हुने उनको भनाइ छ । त्यसका लागि ‘घरघर जाऔं कांग्रेस जिताऔं’ भन्ने नारा तय गरिएको उनको भनाइ छ । यसका लागि सबै भ्रातृ तथा शुभेच्छुक संस्थालाई परिचालन गरिएको प्रवक्ता महतले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार