सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टी संसदीय दलको बैठक शुक्रबार बोलाएको छ । बैठक फागुन २१ गते अपराह्न १ बजे संघीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिइन् । सर्वाेच्च अदालतले फागुन ११ गते संसद् पुनःस्थापनाको फैसला सुनाएपछि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । कांग्रेसमाथि नेकपामा दुई खेमा प्रधानमन्त्री केपी शर्मा ओली र दाहाल–नेपाल समूहले सरकारमा सहभागिता लगायतका विषयमा सहकार्य गर्न खोजेको छन् । तर कांग्रेसले नेकपाका दुवै खेमालाई सरकारमा जाने–नजाने विषयमा ठोस निर्णय दिइसकेको छैन । सर्वाेच्चको फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःस्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।