सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकार र विप्लव समूहबीच औपचारिक वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा बसेर सकिएको छ । दुबै पक्षको वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । ‘आजको वार्ता सकिएको छ, वार्ता सकारात्मक दिशातर्फउन्मुख रहेको जानकारी गराउन चाहन्छु’ प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकारले ट्वीटमा भनेका छन् । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ । वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु’ डा.भट्टराईले ट्वीटमा लेखेको छन् । मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।