सम्झौताको व्याख्याको अधिकार अमेरिकालाई छ, अनुमोदन गर्न हुँदैन: दुर्गा पौडेल 

आइतबार, फागुन १५, २०७८

काठमाडौं, १५ फागुन : राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताको व्याख्याको अधिकार अमेरिकासँग रहने उल्लेख भएकाले सदनबाट पारित गर्न नहुने बताएकी छन् । 

प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले एमसीसी सम्झौताका केही बुँदा उल्लेख गर्दै राष्ट्रहितविपरीत रहेकाले खारेज गर्नुपर्ने बताइन् । 

एमसीसी सम्झौता पारित गरेर आत्मघाती कार्य गर्न नहुने भन्दै उनले सम्झौता अनुमोदन गरेमा यसमा भएका सर्त परियोजनाको समय सकिए पनि लागू भइरहने दाबी गरिन् । 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार