प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न- सित्तैमा पाइयो भन्दै विष खान सकिन्छ ? 

आइतबार, फागुन १५, २०७८

काठमाडौं, १५ फागुन : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी राष्ट्रहितविपरीत रहेकाले अनुमोदन गर्न नहुने बताएका छन् ।  प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले नेपालको हितमा नरहेको एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गरे ।  सित्तैमा पाएको विष खान नसकिने उनको भनाइ छ । ‘ प्रधानमन्त्री शेरबहादुर देउवाले सित्तैमा पाएको रकम किन नलिने भन्नुभयो,’ सुवालले भने, ‘सित्तैैमा पाएको विष खान सकिन्छ र ? खाएमा मृत्यु हुन्छ ।’  आफ्नो सम्बोधनभर उनले एमसीसी सम्झौताको विपक्षमा बोले । 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार