सरकार र विप्लव समूहबीच बालुवाटारमै औपचारिक वार्ता शुरु

बुधबार, फागुन १९, २०७७

काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै दुवै वार्ता टोलीबीच छलफल शुरु भएको स्रोतले जनाएको छ । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र डा.राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र उदय चलाउने बीच बालुवाटारमा वार्ता भइरहेका प्रधानमन्त्री निवास स्रोतले जानकारी दिएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार