सोसल मिडिया
Contact Us
युनिकोड
ढाका । बंगलादेशले आफू संयुक्त राज्य अमेरिकाले अघि सारेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ अन्तर्गत कुनै पनि किसिमको सुरक्षा सहकार्यमा सामेल नहुने बताएको छ । बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले राजधानी ढाकामा पत्रकारहरूसँग कुरा गर्दै सरकारको पछिल्लो धारणा सार्वजनिक गरेका हुन् । ह्वाइट हाउसका एक अधिकारीले आफूसँग यो विषयमा भर्खरै सम्पर्क गरेको उनले जानकारी दिए । अमेरिकी अधिकारीले भारत–प्रशान्त क्षेत्रमा कडा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने योजनालाई अघि सारेको पनि उनले जानकारी दिएका छन् । मोमेनले बङ्गलादेशको अग्रणी निजी समाचार एजेन्सी यूएनबीसँ भने, ‘हामीले भनेका थियौँ कि हामी यसको बारेमा सोच्ने पनि छैनौँ । हामी सुरक्षित छौं । बरु हामी आर्थिक विकास र पूर्वाधार विकासमा रुचि राख्छौँ ।’ उनले बङ्गलादेशले अब यसको विकासलाई बढी महत्व दिन्छ । ‘हामी पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्दैछौँ र हाम्रा जनतालाई उत्कृष्ट जीवन प्रणाली विकासका लागि कार्यक्रम दिइनेछ’ उनले भने ।–सिन्ह्वा