कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन फागुन २६ र २७ गते हुने

आइतबार, फागुन १५, २०७८

सिन्धुपाल्चोक, १५ फागुन । नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशन आगामी फागुन २६ र २७ गते हुने भएको छ । शनिबार केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २६ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको हो ।

मनोनयन दर्ता गरेकै दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । जिल्ला सहसचिव अनुप न्यौपानेका अनुसार यसअघि पटक-पटक सर्दै आएको अधिवेशन फागुन अन्तिम साता गरिने निर्णय गरिएको हो । कांग्रेस सिन्धुपाल्चोकका शीर्ष नेताहरूको बैठकबाट सो निर्णय गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  ०५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार