एमसिसी आर्थिक सहयोगको परियोजना हुनुपर्छ : माधव नेपाल

शुक्रबार, फागुन १३, २०७८

कैलाली, १३ फागनु । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  मिलेनियम च्यालेञ्ज कर्पाेरेशन कम्प्याक्ट (एमसिसी) परियोजनालाई नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर अगाडि बढाउनुपर्ने  बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा  आयोजित  पत्रकार सम्मेलनमा उनले  अहिले एमसिसीको सन्दर्भमा उठिरहेको विषय परियोजनाको जग्गाको स्वामित्व  र यसमा नेपालीको रोजगारीको कुरा सुनिश्चित हुनुपर्ने रहेको उल्लेख गरे । 
“यसबाट प्राप्त हुने मौद्रिक सम्पत्ति र सम्पदामा नेपालको हक  सुरक्षित हुनुपर्दछ”, उनले भने, “परियोजना विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्छ । परियोजना भनेको खासगरी अनुदानसँग जोडिएको छ भने त्यो अनुदान हुनुपर्दछ । ” अध्यक्ष नेपालले आफ्नो पार्टीले  यथास्थितिमा नै एमसिसी सम्झौतालाई अनुमोदन गर्न नसक्ने  स्पष्ट पारे । 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  २०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार