सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं १३ फागुन : नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग मोटामोटी सहमति भइसकेको बताएका छन् । सोही कारण आज बस्ने प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले एउटा ठोस निर्णय लिने उनको भनाइ छ ।
गठबन्धनमा आबद्ध भएर पनि माओवादीले सरकारलाई सहयोग नगरेकाले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन गर्नेबारे एमालेसँग सहमति नजिक पुगेको नेता विश्वकर्माले जानकारी दिए । सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन नगरेपछि कांग्रेस एमालेसँग नजिकिन लागेको हो ।