देउवा-ओलीबीच पुन: छलफल सुरु

बिहीबार, फागुन १२, २०७८

काठमाडौं, १२ फागुन : सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेले छलफललाई तीब्रता दिएका छन् । एमसीसी विवादले सत्तारुढ गठबन्धन फुटको संघारमा पुगेसँगै ठूला दुई दलले आपसी छलफललाई तीव्रता दिएका हुन् ।

बिहीबार दिउँसो भेट गरेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पुन: भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली नेताहरूसहित प्रधान मन्त्री देउवासँग छलफलका लागि पुन: बालुवाटार पुगेका छन् । ओलीसँगै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ्ग पनि छन् । 

कांग्रेसका महाममन्त्री गगनकुमार थापासहितका नेताहरू पनि छलफलमा सहभाागी छन् ।

कांग्रेस-एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु

नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ । बिहीबार राति एमाले नेताहरु छलफलका लागि बालुवाटार पुगेका थिए ।  बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरुबीच भएको थियो ।  संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् । 

दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गरेका थिए भने एक्ला एक्लै वार्ता पनि गरेका थिए । 
त्यसपछि ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर पुन बेलुका बस्ने बताएका थिए । 

देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको छ । 

एमसीसीका कारण पछिल्लो समय राजनीतिक ध्रुवीकरण बढेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार