सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले सरकारसँगको वार्ताका लागि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा वार्ता टोली बनाएको छ । वार्ता टोलीमा नेता दीपक चलाउने सदस्य रहेको विप्लब समूहले जानकारी दिएको छ । यसअघि विप्लव समूहसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा दुई सदस्य वार्ता समिति बनाएको थियो । मंगलबार सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाएर राजनीतिक समस्या समाधानका लागि बाटो पहिल्याउन खोजेको हो । यसअघि पार्टी महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यसपछि सरकारले वार्ता समिति बनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक समूहसँग वार्ता गर्ने अभिव्यक्ति दिँदै आएका थिए ।