गृहमन्त्री खाँण पुगे ओली भेट्न बालकोट 

बुधबार, फागुन ११, २०७८

काठमाडौं, ११ फागुन । गृहमन्त्री बालकृष्ण खाँण प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।  ओली निवास बालकोटमा ओलीलाई भेट्न गृहमन्त्री खाँण पुगेका हुन् । यसअघि बुधबार ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । पछिल्लो समय प्रधानमन्त्री र ओलीबीच भेटवार्ता भइरहँदा कांग्रेस र एमालेका नेताबीच पनि छलफल र भेटवार्ता भइरहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार