सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १० फागुन : प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि बालुवाटार पुगेका प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु बाहिरिएका छन् । मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष ओलीसहितका नेताहरु करिब २ घण्टाको बसाइपछि बाहिरिएका हुन् । अध्यक्ष ओलीसँगै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल वार्तामा सहभागी थिए । नेताहरुबीच एमसीसी सम्झौता र सत्ता साझेदारिता लगायतको विषयमा छलफल भएको जनाइएको छ । तर नेताहरुले भने केही प्रतिक्रिया दिएका छैनन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँगकाे भेटका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साँझ ६:३० बजे बालुवाटार प्रवेश गरेका थिए । भेटका क्रममा उनीहरूबीच एमसीसी र वर्तमान राजनीति विषयमा छलफल हुने ओलीको सचिवालयले जनाएको छ ।
ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रम र एमसीसीको विषयमा छलफल हुनेछ ।