सोसल मिडिया
Contact Us
युनिकोड
डेलावेयर । यदि आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पद्वारा अवरुद्ध बनाइ राखिए ‘थप मानिसहरूको ज्यान जान सक्ने’ जो बाइडनले चेतावनी दिएका छन् । डेलावेयरमा बोल्दै राष्ट्रपति चुनाव जितेका बाइडनले कोरोनाभाइरसको प्रकोप रोक्नका लागि समन्वयको आवश्यकता थियो भनेका छन् । राष्ट्रपति ट्रम्पलाई उनले अस्वीकार गर्दै आएको हारलाई स्वीकार्न पुनः आह्वान गरे । पूर्व प्रथम महिला मिसेल ओबामाले पनि ट्वीटरमा लेखेकी छन्, ‘यो कुनै खेल होइन ।’
ट्रम्पको अस्वीकार राष्ट्रपतीय निर्वाचनपछि सङ्क्रमणकालीन कार्यहरू गर्ने सरकारी निकाय जेनेरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) ले अझै बाइडन र उनकी चुनावी साथी कमला ह्यारिसलाई विजेताका रूपमा मान्यता दिइसकेको छैन । उनीहरू आसन्न प्रशासनलाई दिइने संवेदनशील सरकारी ब्रिफिङहरूको पहुँचमा छैनन् । डेमोक्रयाटिक पार्टीबाट राष्ट्रपति जितेका बाइडनका सहयोगीहरूले ट्रम्पद्वारा सङ्क्रमणमा उनीहरूलाई सामेल गर्न अस्वीकार गर्नु भनेको बाइडनको समूहलाई खोप वितरण रणनीतिको योजना बनाउनबाट बाहिर राख्नु भएको बताएका छन् । सोमवारको आफ्नो मन्तव्यमा बाइडनले अस्वीकारलाई ‘पूर्णरूपमा गैरजिम्मेवार’ बताए । उनले भने, ‘कोही यसलाई बुझ्छ ? यो भनेको मानिसहरूको जीवन बचाउने कुरा हो । वास्तवमा, यो अतिशयोक्ति होइन ।’ ‘यदि हामीले सहकार्य गरेनौँ भने अझ धेरै मानिसहरू मर्नेछन् । योजना बनाउन सुरु गर्नकै लागि यदि हामीले जनअरी २० सम्म पर्खनु प¥यो भने यसले हामीलाई पछि पार्छ ।
कानुनी चुनौती बाइडनले चुनाव जित्न चाहिने २७० इलेक्टरल भोटभन्दा बढी ३०६ इलेक्टरल भोट पाएका छन् । तर अझै पनि रिपब्लिकन वर्तमान राष्ट्रपति ट्रम्पले हार स्वीकारेका छैनन् । उनले सोमवार बिहान ट्वीट गरे, ‘मैले चुनाव जितेँ ।’ट्रम्पको अभियानले विभिन्न राज्यहरूमा मतगणनामाथि प्रश्न उठाउँदै कानुनी चुनौती दिएको छ ।–बीबीसी