बेलायती राजकुमार फिलिपको मुटुमा संक्रमण 

मंगलबार, फागुन १८, २०७७

लण्डन । बेलायती राजकुमार फिलिपलाई सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ । बेलायती महामारी एलिजावेथ द्धितीयका ९९ बर्षीय श्रीमान् फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो । उनलाई मुटुसम्वन्धी समस्या देखिएपछि मुटु परीक्षण समेत गरिएको छ ।  उहाँको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उहाँलाई अर्को अस्पताल स्थानान्तरण गरिएको राजदरबारका अधिकारीहरूले जनाएका छन् । लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उहाँलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो ।  ‘मुटुको अवस्थाकाबारेमा निगरानी गर्दै चिकित्सकहरूले थप उपचारलाई अगाडि बढाएका छन्’, एक अधिकारीले भने । उनको मुटुमा संक्रमण देखिएको बताइएको छ ।  राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती तथा महारानी एलिजावेथ द्धितीय भने अहिले ९४ बर्ष पुगेकी छन् ।     उनीहरू दुवै जनाले गत जनवरी ९ तारिखमा कोरोनाविरुद्धको खोप लगाएका थिए ।– एएफपी
 

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  ०७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार