सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे बुधबार काठमाडौं आउँदैछन् । भ्रमणका क्रममा नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दज्र्यनी चिह्न लगाउने छन् । नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन् । भारतीय स्थल सेनाध्यक्षलाई नेपालले आफ्नो सेनाको मानार्थ सेनापति बनाउने परम्परा दसकौं अघिदेखि चल्दै आएको हो । नरवणे अघिका भारतीय सेनाध्यक्ष बिपिन रावतलाई पनि नेपाली सेनाले यो उपधि दिएको थियो । रावतलाई यसै वर्षको जनवरी महिनामा ‘चिफ अफ डिफेन्स स्टाप (सीडीएस) अर्थात सबै सेनाका प्रमुख बनाइएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि नेपाल–भारतबीच सीमा विवाद उत्कर्षमा छ । त्यसयता दुई मुलुकबीच राजनीतिक र कुटनीतिक तहमा सम्वाद नभइरहेका वेला हुनलागेको नरवणेको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
नरवणेलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वागत गर्नेछन् । नेपाल आए लगत्तै नेपालस्थित भारतीय दूतावासको समन्वयमा अनौपचारिक भेटघाटका कार्यक्रम राखिएका छन् । नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ । जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २८ पुस २०७५ मा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दज्र्यानी चिह्न लगाएका थिए । नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । उनले जङगीअड्डामा सैनिक गारत निरीक्षण गर्नेछन् ।