एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

सोमबार, फागुन ९, २०७८

काठमाडौं, ९ फागुन : सत्ता गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको पार्टीको सचिवालयको बैठकले संसद्‍मा टेबुल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बैठकबाट पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय भएको बताएका छन् । उनले अन्य पार्टीलाई पनि विपक्षमा मतदान गर्न प्रेरित गर्ने निर्णय भएको बताए ।

उनले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने जानकारी दिए । उनले यससँग एमसीसीका विषयमा आफ्नो पार्टीको पोजिसन प्रष्ट भएको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार