सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन परेका थिए । सर्वाेच्चले ती निवेदनमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक ठह¥याउँदै प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो । सर्वाेच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो । सोहीबमोजिम मन्त्रिपरिषद्ले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।