सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भोलि मंगलबार नेपाल आउने छन् । दिल्लीमा स्वास्थ्य उपचारका लागि केही दिन अघि उनी दिल्लीतर्फ गएका थिए । उनलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् । न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कमा डा.भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए । तर, बायोप्सी परीक्षणमा क्यान्सर नदेखिएको भट्टराईका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेले ट्वीटमार्फत जानकारी गराएका छन् । ‘चिकित्सकले क्यान्सर नभएको निष्कर्ष निकाले पनि ट्युमरलाई भने दुई–तीन महिनाभित्रै शल्यक्रिया गरी फाल्नु पर्ने सुझाएका छन् । तत्कालै शल्यक्रिया नभए क्यान्सरको खतरा हुने चिकित्सकको भनाइ छ’ प्रेस सल्लाहाकार पाण्डेले ट्वीटमा लेखेका छन् । भट्टराईको फेब्रुअरी २२ देखि दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा परीक्षण गराएका थिए ।