सोसल मिडिया
Contact Us
युनिकोड
कोपेनहेगन । कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि डेनमार्कमा गरिएको लकडाउनको विरोध गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । राजधानी डेनमार्ककै लकडाउनको विरुद्धमा उत्रिएका आठ जनालाई शनिबार अबेर पक्राउ गरिएको अधिकारीले जनाएका छन् । लकडाउनबाट असन्तुष्टको समूहले आयोजना गरेको लकडाउन विरोधी प्रदर्शनमा झण्डै एक हजार २०० सहभागी भएका थिए । ‘प्रदर्शनमा सुरुमा झण्डै ६०० सयहभागी भएकोमा कार्यक्रम समापन हुने बेलासम्म एक हजार २०० पुगेका थिए’, एक प्रहरीले भने । शान्तिपूर्ण प्रदर्शन गरेकालाई केही नगरिएको र हिंसात्मक क्रियाकलाप गर्नेलाई मात्रै पक्राउ गरिएको प्रहरी अधिकारीको भनाइ छ । प्रदर्शनमा सहभागीमध्ये पक्राउ परेका आठ जनाले हिंसात्मक र तोडफोड तथा आगजनी जस्ता व्यवहार गरेको प्रहरीले जनाएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणमा नआएको भन्दै सरकारले डेनमार्कमा लकडाउनको अवधि थप्दै लगेको छ । डेनमार्कमा अहिले आंशिक लकडाउन रहेको छ । डेनमार्कमा गत डिसेम्बरदेखि लकडाउन कायमै रहेको छ ।–एएफपी