सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलोपटक ‘जो बाइडनले जितेको स्वीकार गरेको’ देखिए पनि राष्ट्रपतीय निर्वाचनमा आफूले हारेको नमान्ने बताएका छन् । ‘निर्वाचनमा धाँधली भएकोले उनले जिते’ रिपब्लिकन पार्टीका राष्ट्रपतिले ट्वीटरमा लेखेका छन् । उनले नोभेम्बर ३ को निर्वाचनमा आफूले हारेको स्वीकार नगर्ने भन्दै ट्वीट गरेका हुन् । उनले महत्वपूर्ण राज्यहरूमा निर्वाचनमा धाँधली भएको भनेर केही मुद्दा हालेको भए पनि त्यससम्बन्धी प्रमाण दिएका छैनन् । उनका सबै कानुनी चुनौतीहरू अहिलेसम्म असफल भएका छन् । शुक्रवार निर्वाचन अधिकारीहरूले चुनाव ‘अमेरिकी इतिहासमै सबैभन्दा सुरक्षित’ रहेको र ‘कुनै मत मेटिएको वा हराएको वा परिवर्तन भएको वा अन्य कुनै गडबड भएको प्रमाण नभेटिएको’ बताएका थिए ।
अहिलेको निर्वाचन अवस्था अहिलेको अवस्थामा बाइडन आगामी राष्ट्रपति–निर्वाचितको रूपमा छन् । उनले ३०६ इलेक्टलर कलेज मत जितेका छन् जुन राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० भन्दा बढी हो । पुनः मतगणना वा कानुनी चुनौतीले यो नतिजालाई असर पार्ने आकलन गरिएको छैन । कुल मतसख्यामा पनि बाइडनले ट्रम्पलाई ५० लाखभन्दा बढी मतले पछाडि पारेका छन् । तर ट्रम्पले त्यो ट्वीट गर्नुअघिसम्म बाइडनको जितका बारे कतै उल्लेख गरेका थिएनन् । शुक्रवारको एक पत्रकार सम्मेलनमा पनि ट्रम्पले ‘भविष्यमा कुन प्रशासन आउँछ भन्ने कुरा कसलाई के थाहा’ भनेका थिए ।
हारको स्वीकारोक्ति ? बाइडनका केही समर्थकहरूले राष्ट्रपतिको भनाइलाई एक प्रकारको हारको स्वीकारोक्तिका रूपमा लिएका छन् । ट्वीटको पहिलो दुई शब्द अंग्रेजीमा ‘उनले जिते’ भन्ने छ र त्यसपछि ट्रम्पले निर्वाचनमा धाँधली भएको आरोप दोहो¥याएका छन् । त्यसपछि फेरि पर्यवेक्षकहरूले प्रवेश नपाएको कारण बाइडनले जितेको लेख्दै सञ्चारमाध्यमलाई आरोप लगाएका छन् ।,त्यसको केही घण्टामा उनले सच्याउँदै यस्तो लेखे, ‘उनले मिथ्या समाचार सञ्चारमाध्यमको आँखामा मात्रै जितेका हुन् । म हार स्वीकार गर्दिन ।’ ट्रम्पले हार स्वीकार नगर्दा जनअरी २० मा हुनुपर्ने प्रशासन हस्तान्तरण प्रक्रिया अलमलमा परेको छ ।