हाइटीको जेलबाट २०० कैदी भागे 

झडपमा २५ को मृत्यु
शनिबार, फागुन १५, २०७७

पोर्ट औ प्रिन्स । हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु हुनेमा जेलका निर्देशकसमेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए । जेलमा झण्डै ४०० कैदी रहेका थिए ।  ‘घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्’ उनले भने । राजधानी पोर्ट औ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको पनि उहाँले जानकारी दिनुभयो । मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उनले बताए ।  झण्डै दुई सय जना कैदी भने अझै पनि जेलमै रहेका छन् । उनीहरुलाई भाग्न नदिन प्रहरीले धेरै मेहनत गरेको सचिव एक्सान्तुजले बताए ।  जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उनको भनाइ छ । मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ पनि रहेका छन् । उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीले जनाएका छन् ।  
सुरक्षा कारबाहीका क्रममा उनको मृत्यु भएको प्रहरी अधिकारीले पनि स्विकार गरेका छन् ।–एएफपी

 

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  २०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार