साउदी राजकुमारको स्विकृतिमा खसोग्जीको हत्या : प्रतिवेदन

शनिबार, फागुन १५, २०७७

वासिङ्टन । पत्रकार जमाल खसोग्जीको हत्या वा पक्राउका लागि साउदी अरबका युवराज मोहम्मद बिन सलामको स्विकृति रहेको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी प्रशासनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा युवराज सलामले खसोग्जीको हत्याका लागि समर्थन गरेको दाबी गरिए पनि साउदी अरबका अधिकारीले भने त्यसको खण्डन गरेका छन् । सन् २०१८ माहत्यागरिएका ५९ वर्षीय पत्रकार खसोग्जी कुनै बेला साउदी सरकारका सल्लाहकार थिए । पछि उनीहरुसँग टाढिएर अमेरिका बस्दै आएका थिए ।  स्व–निर्वासनमा सन् २०१७ मा अमेरिका पुगेका खसोग्जीको हत्या भने टर्कीमा भएको हो । टर्कीको राजधानी इस्तानबुलमा रहेको कन्सुलेटमै उनको हत्या भएको थियो भने शरीर टुक्राटुक्रा पारिएको थियो । अमेरिकामा रहेका बेला उनले वासिङ्टन पोष्टमा साउदी अरब र त्यहाँका राजपरिवारको बारेमा आलोचनात्मक लेख लेख्दै आएका थिए । मासिक स्तम्भमा उनले युवराज मोहम्मदको नीतिको पनि आलोचना गर्ने गरेका थिए ।  अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा साउदी युवराज सलमानले इस्तानबुलमा साउदी पत्रकार खसोग्जीलाई पक्राउ गर्ने वा हत्यागर्ने योजनालाई स्विकृति दिएको दाबी गरिएको छ ।  खसोग्जीको हत्यामा युवराजको हात रहेको दाबी यसअघि पनि अमेरिकी अधिकारीले गर्दै आएका थिए । साउदी अरबमा नेतृत्वदायी भूमिकामा रहेका युवराज मोहम्मदले भने यसअघि पनिती आरोपको खण्डन गर्दै खसोग्जी हत्यामा आफ्नो कुनै हात नरहेको दाबी गर्दै आएका छन् ।  विश्वकै सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरब मध्यपूर्वमा अमेरिकाको प्रमुख समर्थक मुलुक भएपनि यो घटनाले सम्वन्धमा असर पर्ने देखिएको छ ।  अमेरिकीमा नयाँ राष्ट्रपति जो बाइडनको आगमनसँगै अमेरिका र अन्य देशको सम्वन्ध कस्तो होलाभन्ने उत्सुकता जागिरहेका बेला सार्वजनिक भएको यो प्रतिवेदनले केही समय तरंग फैलाउने देखिएको छ ।


हत्यामा राजकुमारको हात : अमेरिकी गुप्तचर निकाय 

साउदी अरेबियाका पत्रकार जमाल खसोग्गीको हत्याको विषयमा अमेरिकी एक गुप्तचर निकायले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ । यहाँको अनुसन्धानबाट तयार भएको सो प्रतिवेदनमा सो हत्यामा साउदी अरेबियाका राजकुमारको हात रहेको भनी आरोप लगाइएको छ ।  गत बिहीबार खसोग्गी हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्न सक्ने बताइएको थियो र शुक्रबार सो अनुसन्धान रिपोर्ट अमेरिकामा सार्वजनिक गरिएको बताइएको छ ।   उक्त रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर विभाग सीआइएले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ । उसले गरेको अनुसन्धानका आधारमा यो रिपोर्ट सार्वजनिक गरेको हो ।   उक्त रिपोर्टमा साउदी अरेबियाका युवराज मोहम्मद विन सलमानलाई हत्याको योजनामा संलग्न रहेको भनेर ठह¥याइएको छ ।  साउदी अरबका कट्टर आलोचक मानिने खसोग्गी एक चर्चित पत्रकार तथा लेखक थिए । उनी ‘अल अरब’ न्यूज च्यानलका पूर्वप्रधान सम्पादक तथा वासिङटन पोष्टका स्तम्भकार हुन् ।  खसोग्गी साउदी अरेबियाको एक आलोचक भएपछि उहाँ सन् २०१७ को सेप्टेम्बरमा साउदी अरेबियाबाट भागेर अमेरिका गएका हुन् ।    
सन् २०१८ को अक्टोबरमा टर्कीको राजधानी स्तानबुलमा रहेको साउदी अरेबियाको दूताबासमा उनको हत्या भएको थियो । उनी टर्कीका एक महिलासँग विवाह गर्ने तयारीमा थिए । 
साउदी अरेबियाको अदालतले ती पत्रकारको हत्यामा संलग्न रहेको आधारमा पक्राउ गरिएको भनिएका आठ जनामध्ये पाँच जनालाई २० वर्षको जेल सजायँ सुनाएको छ । 
त्यसैगरी अरु तीन जनालाई सात देखि १० वर्षसम्मको जेल सजायँ सुनाइएको थियो । गत सेप्टेम्बरमा उनीहरु विरुद्ध सो कारबाही सुनाइएको अधिकारीले जानकारी दिएका छन् ।  
उता शुक्रबार सार्वजनिक भएको यो रिपोर्टको साउदी अरेबियाले भने अस्वीकार गर्दै आएको छ । साउदी अरेबियाले आफ्ना राजकुमार सो हत्यामा सङ्लग्न भएको भनी दिएको रिपोर्टमा कुनै सत्यता नरहेको बताएको छ ।–एएफपी 

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  २०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार