सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड– १९) ले नेपालको समृद्धिको अभियानमा अवरोध पु¥याएको बताएका छन् । तिहारको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सरकारले कोरोना नियन्त्रणको लागि प्रभावकारी कदम चाल्दाचाल्दै पनि त्यसले मुलुकको सामाजिक, आर्थिक र समृद्धिको अभियानमा अवरोध पु¥याएको बताएका छन् । ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यस वर्षको तिहार पर्व मनाउन आह्वान गर्दछु । यस महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पु¥याएको छ’, प्रधानमन्त्रीले अगाडि उल्लेख गरेका छन्, ‘यसले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको छ । यस महामारीका बाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेका छौं ।’ प्रधानमन्त्री ओलीले सरकार संविधानको कार्यान्वयन गर्दै विकास र समृद्धिको दिशामा अग्रसर भएको बताएका छन् । ‘सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ । यस अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आह्वान गर्दछु । यसै एकतामार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु’, प्रधानमन्त्री ओलीले भनेका छन् ।