शब्दपाटीको उत्साहजनक एक वर्ष

अब ‘सम्वाद श्रृंखला’ को निरन्तरता 
शनिबार, माघ २९, २०७८

शब्द घर प्राइभेट लिमिटेडले प्रकाशन गरेको शब्दपाटी डटकम डिजिटल मिडिया सुरु भएको एक वर्ष पुरा भएको छ । एक वर्ष अघि अर्थात आजकै दिन हामीले उत्साहसहित संभावनाको नयाँ आयाम खोज्दै नयाँ यात्रा सुरु गरेका थियौं । छापा पत्रकारितामा लामो समय बिताएका हामीलाई डिजिटल पत्रकारिता नितान्त नयाँ विधा थियो, नयाँ विधा भएकाले हामी सिक्दै अघि बढ्दै गयौँ । 
एक वर्षको छोटो अवधिमा नै हामी सञ्चार उपभोक्ताले भरोसा गर्न लायक मिडिया बन्न सफल भएका छौं । डिजिटल मिडियाको एक वर्षको यो यात्रालाई सफल बनाउन सहयोग तथा हौसला प्रदान गर्नुहुने सञ्चार उपभोक्ताहरूलाई हामी नमन गर्न चाहन्छौं ।  मिडियाका युजर्सहरूको भरोसायुक्त साथ–सहयोगका कारण नै हामी सफलताको बाटोतर्फ उन्मुख भएका हौं । कोरोना कहरले थिलोथिलो भएका बेला पनि विज्ञापन उपलब्ध गराएर सहयोग गर्नुहुने विज्ञापनदाताहरू पनि धन्यवादका पात्र हुनुहुन्छ । 
यो यात्राको क्रममा हामीबीच चुनौती नआएका होइनन्, समस्या झेल्नु नपरेको पक्कै होइन । प्रविधिमैत्री बन्ने चुनौती हाम्रा लागि प्रमुख थिए र अझै छन् ।  हामी पत्रकारिताको व्यवसायिक धर्मबाट विचलित भएनौं । पत्रकारिताको मूल्य मान्यता तथा पत्रकार आचारसंहिताको बर्खिलाप हुने पाठ्य, श्रव्यदृश्य सामग्रीले हाम्रो मिडियामा स्थान पाएनन् । एक वर्षको यो अवधिमा हामीले छाड्न सकेको एउटै मात्र छाप के हो भने हामी कसैका होइनौं, विषय वस्तु र सान्दर्भिकताका आधारमा हामी सबैका हुन सफल भएका छौं ।
मुलुकमा स्थापित राजनीतिक प्रणाली, प्रेस स्वतन्त्रता तथा नागरिकको मौलिक हकलाई प्रोत्साहन गर्ने सामग्री हामीले निरन्तर प्रवाह गरिरह्यौं । व्यवसायिक धर्मलाई केन्द्रमा राखेर गरिने निरन्तरको यात्राले हामीलाई गन्तव्यसम्म पु¥याउने छ भन्ने हामीले बुझेका छौ । हामीले तय गरेको गन्तव्यसम्म पुग्नका लागि हामी जुन बाटो हिँडिडरहेका छौं त्यो बाटोमा अझै चुनौती, समस्या र अप्ठ्यारा आउन सक्छन् । ती चुनौतीलाई अवसरको रुपमा लिँदै, अप्ठ्याराहरुलाई पार लगाउँदै हामी हाम्रो यात्रालाई निरन्तर अघि बढाउने प्रण गर्दछौं । 
सञ्चार उपभोक्ता अब पढ्ने सामग्रीमा भन्दा हेर्नेे सामग्रीमा केन्द्रित हुन थालेको वास्तविकतालाई आत्मसात गर्दै शब्दपाटी डटकम तथा शब्दपाटी टिभिले आफूलाई डिजिटल मैत्री बनाइसकेको छ ।
गएको एक वर्षमा हामीले हामीले विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरूसँग संवाद गरेर संवाद श्रृंखला सुरु ग¥यौं । अब यो श्रृंखलाको निरन्तरतालाई प्राथमिकतामा राख्ने प्रयास गर्ने छौं । निरन्तर संवाद श्रृंखलामा हामी राजनीतिक, आर्थिक, सामाजिक, अर्थतन्त्र, सुशासन, सुरक्षा, सांस्कृतिक, स्वास्थ्य, जीवन र जगतसँग जोडिएका विषयमा छलफल गर्नेछौं ।
 

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  १३:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार