दक्षिण कोरियामा एक दिनमा सवैभन्दा धेरै सङ्क्रमित

शनिबार, माघ २२, २०७८

सोल, २२ माघ । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेकाले सङ्क्रमितको सङ्ख्या धेरै भएको अधिकारीले जनाएका छन् । स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ३६ हजार ३६२ नयाँ सङ्क्रमित भएका छन् । अघिल्लो दिन २७ हजार ४४३ नयाँ सङ्क्रमित थपिएका थिए ।  एकै दिनमा ३६ हजारभन्दा बढी सङ्क्रमित भएको शनिबार पहिलो पटक हो । शनिबारको विवरणसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितको कुल सङ्ख्या नौ लाख ७१ हजार १८ पुगेको छ । नयाँ सङ्क्रमितमध्ये आठ हजार ५६४ राजधानी सोलका मात्रै रहेका छन् । सोही अवधिमा २२को मृत्यु भएको छ । यससँगै दक्षिण कोरियामा कोरोना भाइरसका कारण मृत्यु भएकाको कुल सङ्ख्या छ हजार ८५८ रहेको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  २२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार