भारतमा थपिए एक लाख २७ हजार नयाँ सङ्क्रमित

शनिबार, माघ २२, २०७८

नयाँदिल्ली, २२ माघ । भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ नयाँ सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कूल सङ्क्रमितको सङ्ख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ ।  सरकारी अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा एक हजार ५९ को मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाको कुल सङ्ख्या पाँच लाख एक हजार ११४ पुगेको छ ।  भारतमा अहिले १३ लाख ३१ हजार ६४८ सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीले जनाएका छन् ।  पछिल्लो २४ घण्टामा दुई लाख ३० हजार ८१४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या झण्डै दोब्बर रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा घट्दै गइरहेको छ ।–रासस/एएनआई
 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  २२:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार