इजिप्टमा रुसी खोप प्रयोगका लागि अनुमति 

बिहीबार, फागुन १३, २०७७

कायरो ।  इजिप्ट सरकारले रुसद्वारा निर्माण गरिएको कोभिड १९ विरुद्धको खोप स्पुपनिक भि को प्रयोगका लागि अनुमति दिएको छ । रुसको सो कम्पनीले उत्पादन गरेको स्पुतनिक भि खोप आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो । इजिप्टको औषधिसम्बन्धी निकायले यो खोपको आकस्मिक प्रयोगका लागि अनुमति दिएको औषधिसम्बन्धी निकायका प्रमुख सेन्ट्रल एड्मिनिस्ट्रेसन फर बायोलोजिकल एण्ड इनोभेटिभ प्रोडक्ट्स प्रमुख मोहमद यासिनले जानकारी दिए । 
उनका अनुसार सो औषधि सम्बन्धी निकायले रुसले निर्माण गरेको खोपलाई इजिप्टमा आकस्मिक प्रयोगका लागि अनुमति दिइएको हो । उनले इजिप्ट सरकारले यसअघि नै सो खोपको प्रयोगका लागि इजिप्टको प्रयोगशालाबाट अनुमति दिइसकिएको जानकारी पनि दिए । यहाँ यो खोप सबैभन्दा पनि यहाँका स्वास्थ्यकर्मीहरुलाई लगाइएको र त्यसपछि अरु क्षेत्रका मानिसलाइ दिइने योजना बनाइएको छ । यो खोप यहाँका सर्वसाधारण नागरिकले पनि लगाउन पाउने छन् । 
उनीहरुका अनुसार यहाँका नागरिकले प्रति डोजको १२.८ अमेरिकी डलरका दरले लगाउन पनि पाउने छन् । सरकारले यो शुरुको डोज यहाँका स्वास्थ्यकर्मी तथा आवश्यकताका आधारमा जोखिममा रहेका नागकिरलाई दिने छ भने अरु खोप सर्वसाधारणका लागि पनि दिइने बताएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीका अनुसार शुरुमा यो खोप स्वास्थ्यकर्मी हुदै अरु आवश्यक परेका अथवा जोखिममा परेका नागरिकलाई दिइने छ भने त्यसपछि भने सर्वसाधारण नागरिकले पनि तोकिएको मूल्य तिरेर लगाउन पाउने छन् ।–सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार