बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ 

बिहीबार, माघ २०, २०७८

मोरङ, २० माघ । बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।  चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १३:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार