बेसीशहरमा हरेक सोमबार र बिहीबार कोभिडविरुद्धको खोप

बिहीबार, माघ २०, २०७८

लमजुङ, २० माघ : बेसीशहर नगरपालिकाले साताको दुई दिन कोभिड-१९ विरुद्धको खोप लगाउने भएकाे छ ।

१२ वर्ष माथिकाले हरेक साेमबार र बिहीबार जिल्ला अस्पतालमा खोप लगाउन पाउनेछन् । अभियान २४ माघबाट सुरु हुनेछ । 

पहिलो तथा दोस्रो मात्रा र बुस्टर डोज लगाउन छुटेकाहरुले खाेप लगाउन सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेलले बताए ।  पहिलो मात्र खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएकाे छ । 

दोस्रो मात्र खोप लगाउनेले भने पहिलो खोप कार्ड ल्याउनुपर्छ । बुस्टर डाेजका हकमा दुबै मात्र खोप लगाएको खोप कार्ड अनिवार्य गरिएको छ । बुस्टर डोज लिन दोस्रो खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्नेछ ।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ०८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार