कर्पुखोला लघु जलविद्युत आयोजनाको निर्माणका लागि श्रमदानको अभियान

बुधबार, माघ १९, २०७८

हुम्ला, १९ माघ । हुम्लाका ताजाकोट गाउँपालिकाको लागि निर्माण कार्य भईरहेको कर्पुखोला लघु जलविद्युत आयोजनाको निर्माणमा श्रमदान अभियान थालिएको छ ।  नेकपा माओवादी केन्द्र हुम्लाले आम नागरिकलाई विद्युत उपभोग गराई उज्यालो दिनका लागि श्रमदान अभियान सञ्चालन गरेको जनाएको छ । एकै दिन १२१ केजीका पेनिष्टिक पाइप ४० थान, ९० केजीका सोही पाइप ४० थान र ९०० केजी सरिया आयोजना निर्माण स्थलमा ढुवानी कार्य सम्पन्न गरिएको सोही गाउँपालिका इन्चार्ज गोपाल बुढाले बताए । 
 

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  ११:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार