विद्युत सर्ट भएर साबुन उद्याेगमा आगलागी, ५० लाखको क्षति

बुधबार, माघ १९, २०७८

सप्तरी, १९ माघ : राजविराज नगरपालिका-७ मा संचालित छिन्नमस्ता साबुन उद्याेगमा आगलागी हुँदा ५० लाखको क्षति भएको छ ।

सुनिलकुमार साह र प्रमोदकुमार साहले संयुक्त रूपमा  संचालन गर्दै आएको साबुन उद्याेगमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आगलागीबाट उद्याेगमा रहेका १२ सय काटुन तयारी कपडा धुने साबुन र १ हजार बोरा तयारी सर्फ लगायत सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएपछि ५० लाख बराबरको क्षति भएको हो ।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  ०७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार