विश्वविद्यालय खोल्ने तालिबानको निर्णयको स्वागत

मंगलबार, माघ १८, २०७८

अफगानिस्तान (काबुल), १८ माघ । अफगान विद्यार्थीले तालिवानको देशभरका सबै सार्वजनिक विश्वविद्यालय पुनःखोल्ने निर्णयको स्वागत गरेका छन् । “यस्ता निर्णय भएकोमा हामी खुसी छौँ । सबै विद्यार्थीले आफ्नो आशा पुनःप्राप्त गरेका छन्, “एक विद्यार्थी मोहम्मद सालेहले टोलो न्यूजलाई बताएका छन् । तालिवानको उच्च शिक्षा मन्त्रालयले आइतवार घोषणा न्यानो क्षेत्रका सबै सार्वजनिक विश्वविद्यालय फेब्रअरी २ र चिसो क्षेत्रका फेब्रअरी २६ देखि खोल्ने जनाएको छ ।
त्यसैगरी विश्व विद्यालय भर्ना पनि फेब्रअरी २ बाट शुरु गरिनेछ ।  गत भदौ मसान्तमा पूर्वसरकारको पतनपछि देशभरका सार्वजनिक विश्वविद्यालय विद्यार्थीका लागि बन्द छन् । योसँगै धेरै शैक्षिक र उच्च प्रोफाइल व्यक्तिले देश छोडेका छन् ।
विश्वविद्यालयका प्रशिक्षक वर्गी खलिलले टोलो न्युजलाई भने, “उच्च शिक्षा मन्त्रालयको शैक्षिक पद्धतिमा कुनै परिवर्तन हुनु हुँदैन। हामी सकारात्मक परिवर्तन हुँदैन भनेर भन्दैनौँ, तर पहिलेको पद्धतिलाई निरन्तरता दिनुपर्छ ।”
यसअघि इस्लामिक इमिरेट्सले पुरुष र महिला विद्यार्थीलाई छुट्ट्याउने योजना बनाएको बताएको थियो ।
सामुदायिक विद्यालयमा छैठौँ कक्षासम्म मात्र केटीलाई पढ्न अनुमति दिइएको छ । अगस्टको मध्यमा तालिबानले कब्जा गरेपछि, अफगानिस्तानका अधिकांश भागमा केटीलाई कक्षा सातभन्दा माथि विद्यालयमा फर्कन अनुमति दिइएको छैन ।
बालिका विद्यालय बन्द भएपछि देशभित्र र अन्तरराष्ट्रिय समुदायबाट तीव्र आलोचना भएको छ ।
यसैबीच, स्कूलबाट बाहिर रहेका धेरै छात्राले इस्लामिक इमिरेट्सले आफ्नो वाचा पूरा गर्नुपर्ने र नयाँ वर्षमा विद्यालय पुनःखोल्ने बताएक छन् ।

दक्षिण अफगानिस्तानमा सडक दुर्घटनामा आठ घाइते

दक्षिणी हेलमान्ड प्रान्तमा विपरीत दिशाबाट आउँदै गरेको अर्को कारसँग कार ठोक्किँदा आठ यात्रु घाइते भएको सरकारी समाचार संस्था बख्तरले मंगलबार जनाएको छ ।
हेलमान्डलाई छिमेकी कान्दाहार प्रान्तसँग जोड्ने सडकमा मंगलबार बिहान भएको उक्त दुर्घटनामा आठ जना घाइते भएका, केहीको अवस्था गम्भीर भएको हुँदा सबैलाई अस्पताल लगिएको जनाइएको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  २२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार