सर्वोच्चको सेवा स्थगन माघ २८ गतेसम्म निरन्तर रहने फुलकोर्टको निर्णय

मंगलबार, माघ १८, २०७८

काठमाडौं, १८ माघ : सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणका कारण गरेको सेवा स्थगनलाई माघ २८ गतेसम्म निरन्तरता दिने भएको छ । आज बसेको सर्वोच्चको पूर्ण बैठक(फुलकोर्ट)बाट सेवा स्थगनलाई निरन्तरता दिने निर्णय गरेको हो ।  सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कोरोनाको विषम परिस्थितिमा अदालतमा उपस्थित तथा भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति लगायको स्वास्थ्य सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनिकरणका लागि २८ गतेसम्म निरन्तरता दिने निर्णय भएको जानकारी  दिए ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार