तनहुँको व्यास नगरपालिका देउरालीमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा दुईजनाको मृत्यु

मंगलबार, माघ १८, २०७८

दमौली, १८ माघ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 
लु १ ख ९८३२ नम्बरको ट्रकबाट ठक्करबाट ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार