अर्थ मन्त्रालयका सहसचिव दंगाल सचिवमा बढुवा

सोमबार, माघ १७, २०७८

काठमाडौं, १७ माघ : अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवामा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा आइतबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको सचिवमा बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस गरेको थियो । समितिले सचिवमा बढुवाका लागि पहिलो नम्बरमा दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको थियो । 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  २२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार