शुक्रबारसम्म खोपको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

सोमबार, माघ १७, २०७८

काठमाडौं, १७ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै आगामी शुक्रबारसम्म सो विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिएको हो । 

२४ लाख डोज खोप हराएपछि मन्त्रालयले छानबिनका लागि आइतबार समिति गठन गरेको थियो । उक्त समितिले खोप विवरणको अभिलेखीकरण गर्ने छ । 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  २१:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार