इक्वेडरका तीनवटा जेलमा दङ्ग 

कम्तीमा ७५ जनाको मृत्यु
बुधबार, फागुन १२, २०७७

इक्वेडर । इक्वेडरमा मंगलबार तीनवटा जेलमा भएको दङ्गामा परी कम्तीमा ७५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौ घाइते भएका प्रहरीले जनाएको छ । पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनाको मृत्यु भएको छ । यस्तै गरी अर्काे एक जेलमा ३३ जना र तेस्रो जेलमा २९ जनाको मृत्यु भएको जनाइएको छ । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्वीटरमा  तीनवटा जेलमा एकसाथ भएको यो हिंसामा आपराधिक संगठनको हात रहेको आरोप लगाएका छन् । जेलमा पुनः नियन्त्रणको लागि  प्रहरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले बताएका छन् । उक्त विद्रोह रोक्न  प्रहरीको सहयोग गर्न सेनालाई पनि खटाइएको उनले जानकारी दिएका छन् । मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको छ । गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । गतवर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासको लागि जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए । गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै  सात घाइते भएका थिए ।–एएफपी

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार