लागूऔषधसहित दुई जना पक्राउ

सोमबार, माघ १७, २०७८

सर्लाही, १७ माघ  । सर्लाही प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेकाे छ ।  मलंगवा-नवलपुर सडक अन्तर्गत कविलासी नगरपालिका-८, मा चेकजाँचका क्रममा आइतबार राति लालबन्दी नगरपालिका-८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका-६, का अशाेक लामा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथाेकीका अनुसार एचआर २६बिपि १८७६ नम्बरकाे कारमा सवार उनीहरु लागूऔषधसहित पक्राउ परेका हुन् । डाइलेक्स डिसी १०० एम एल ११ बाेटल, नाेफिन फेनेरागन ११ एम्पुल र हाई-टिच ईन्जेक्सन ३ पिस बरामद भएकाे हाे । 

 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार