सहाराविहीन लिम्बुनीलाई सहयोग

सोमबार, माघ १७, २०७८

तेह्रथुम, १७ माघ । तेह्रथुमको छथर गाउँपालिका-३ पञ्चकन्या लुकुवाकी सहाराविहिन श्रीहाङमा लिम्बुनीलाई सहयोग प्रदान गरिएको छ । एक्लो परिवारकी लिम्बुनी कष्टकर जीवन बिताउँदै आएको समाचार प्रकाशन तथा प्रसारण भएपछि  फक्ताङलुङ गाउँपालिका- ३ खेबेङमा जन्म भई हाल बेलायतमा रहेका गायक तथा समाजसेवी मान तबेबुङ नाजमले लिम्बुनीलाई बाँचुनजेलसम्मलाई चामल सहयोग गर्ने भएका हुन् । 

उनले पहिलो चरणमा चामल,फलफूल लत्ताकपडा लगायतका सामाग्री प्रदान गरेका छन् । त्यस्तै छथर गाउँपालिका-४ फाक्चामारा हाक्पारामा जन्म भई हाल हङकङमा रहेका समाजसेवी शिव ईमेहाङले  खाद्यान्य,लत्ताकपडा,भाडावर्तनको साथमा नगद सहयोग गरेका छन । शारीरिक रुपमा अशक्त रहेकी लिम्बुनीको सहारा कोही नभएका कारण समस्यामा थिइन् ।  स्थानीय कमल लिम्बु र उनका दिदीका छोरा टेकेन्द्र लिम्बुले हेरचाह गर्दै आएका छन् । 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  ११:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार