सूचना प्रविधि केन्द्रमा निर्देशकसहित कर्मचारीका लागि दरखास्त खुल्याे

सोमबार, माघ १७, २०७८

काठमाडाैं, १७ माघ : राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव)सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । राष्ट्रस्तरका सबै किसिमका विद्युतीय तथ्यांक संकलन गरी सूचना बैंकका रुपमा काम गर्ने तथा तथ्यांकको सुरक्षित भण्डारण गर्ने लगायत उद्देश्य रहेको यो केन्द्र सिंहदरबारमा छ । केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका लागि योग्यता कम्प्युटर विज्ञानमा स्नाकोत्तर वा कम्युटर इन्जिनियरमा स्नाकोत्तर वा प्रमुख विषय कम्प्युटर विज्ञान लिएर स्नाकोत्तर गरेको हुनुपर्नेछ । केन्द्रले ६ जना कम्प्युटर इन्जिनियर, एक जना इलेक्ट्रिकल इन्जिनियर, चार जना इलेक्ट्रिकल ओभरसियर, चार जना कम्प्युटर टेक्निसियन र एक जना कम्प्युटर अपरेटर माग गरेको छ।   योग्यता पुगेकाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

विश्वविद्यालय अनुदान आयोगका कर्मचारीको बढुवा

विश्वविद्यालय अनुदान आयोगले पाँच जना कर्मचारीको बढुवा सिफारिस गरेको छ ।  आयोगले कार्यसम्पादन मूल्यांकन, जेष्ठता, शैक्षिक योग्यता र सेवकालीन तालिमका आधारमा निर्देशक र उपनिर्देशक पदमा बढुवा गरेको हो ।

निर्देशक (अधिकृतस्तर प्रथम)मा केदारप्रसाद चालिसे र राममणि गौतम सिफारिस भएका छन् भने उपनिर्देशक (अधिकृतस्तर द्वीतिय)मा रमेशप्रसाद अधिकारी, देवेन्द्र रावल र कपिल रिसाल सिफारिसमा परेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  ०८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार