पूर्वसभासद थापाकाे निधन

सोमबार, माघ १७, २०७८

काठमाडाैं, १७ माघ : नेकपा (एकीकृत समाजवादी)का नेता डा दुमनसिंह थापाकाे निधन भएकाे छ । अर्घाखाँची जिल्लाबाट पहिलाे संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो । केही समय अघि उनकाे मिर्गौला प्रत्यारोपण भएकाे थियाे । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । उनी मेगा बैंकका संस्थापक तथा पूर्व संचालक पनि हुन् ।

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  ०८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार