आन्दोलनरत किसानहरुको माग पूरा गर्न मधेशी आयोगको आग्रह

आइतबार, माघ १६, २०७८

काठमाडौं, १६ माघ : मधेशी आयोगले केही समय यता तराई-मधेशका किसान आन्दोलनमा रहेको भन्दै उनीहरुको मागलाई सम्बोधन गर्न आग्रह गरेको छ ।  आइतबार एक विज्ञप्ति जारी गर्दै मधेशी आयोगले बीउ मलसहितका सामाग्रीहरु समयमै उपलब्ध गराउन माग गर्दै आन्दोलन गरिरहेको भन्दै त्यसको व्यवस्थापन गरिदिन तीनै तहको सरकारलाई अपिल गरेको छ । 

त्यस्तै बेचिएको उखुको मूल्य अविलम्ब उपलब्ध गराई किसानहरुको समस्या समाधन गर्नुपर्ने राज्यको प्रथम दायित्व रहेकोले सो समस्याको समाधान गरिदिन आयोगले सरकारसँग आग्रह गरेको छ । 

आयोगले किसानहरुको आन्दोलनमा बल प्रयोग गर्नु मानव अधिकारको उल्लंघन भएको भन्दै आन्दोलनरत पक्षलाई पनि शान्तिपूर्ण रुपमा आन्दोलन गर्न आग्रह गरेको छ । 

‘शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नु मानव अधिकारको उल्लघन गर्नु हो । तसर्थ राज्य संयमित भई समाधानार्थ कार्य गर्नु पर्दछ । यसका साथै आन्दोलनकारी किसानहरु पनि आन्दोलनलाई शान्तिपूर्ण ढंगवाट नै अगाडी बढाउनु पर्ने आयोगको ठहर रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  २१:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार