एमनेष्टी इन्टरनेशनल नेपाल समूह ६१ ललितपुरले सम्पन्न गर्‍यो वार्षिक साधारण सभा 

आइतबार, माघ १६, २०७८

ललितपुर, १६ माघ । एमनेष्टी इन्टरनेशनल नेपाल समूह ६१ ललितपुर ३० औं साधारण सभा सम्मन्न गरेको छ । शुक्रबार भर्चुअल माध्यमबाट आयोजितका कार्यक्रममा मानव अधिकारका विविध पक्षमा छलफल गरी वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।  कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखेर एमनेष्टीले जुम प्रविधिको उपयोग गरी भर्चुअल रुपमा बैठक सम्पन्न गरेको हो । करिब १ घण्टा चलेको उक्त वार्षिक साधारण सभामा मानव अधिकारवादी विपिन बुढाथोकी प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । एमनेष्टी इन्टरनेशनल ६१ का संस्थापक वीरेन्द्र प्रधानाङग तथा एमनेष्टी इन्टरनेशनल नेपाल समूह ६१ ललितपुर अध्यक्ष रुपक महर्जनसहित मानवअधिकार क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु उक्त साधारण सभामा सहभागी थिए । 
‘सहि अभियानका लागि लेख, अरुलाई हानी नपु¥याइकन आफ्नो अधिकारका लागि लड’ भन्ने मुल उद्देश्यलाई केन्द्रमा राखेर कार्यक्रम अघि बढाइएको थियो । कार्यक्रमका सहभागीले स्थानीय जनताहरुलाई साथ लिएर उनीहरुको अधिकारका बारेमा सचेत गराउनुपर्ने विषयमा सुझाव दिएका एमनेष्टी इन्टरनेशनल नेपाल समूह ६१ ललितपुर अध्यक्ष रुपक महर्जनले जानकारी दिए । स्थानीय स्तरमा मानवअधिकारका विविधि पक्षलाई समेटेर कार्यक्रम गरिरहेको बारेमा कार्यक्रममा चर्चा गर्दै सहभागीले कोरोना कालमा मानव अधिकारका क्षेत्रमा पारेको प्रभाव मानव अधिकारको वर्तमान अवस्थालगायतका विषयमा छलफल गरेका थिए । 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १२:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार